|

काठमाडौं : गृहमन्त्रालयले नेपाल प्रहरीको दुई एआईजी पदमा बढुवाका लागि डीआईजीहरु प्रद्युम्‍न कार्की र निरज शाहीको नाम सिफारिस गरेको छ।

गृहमन्त्रालयको बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। रिक्त रहेका दुई एआईजी पदमा सिनियर डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको स्वतः बढुवा भएका हुन्। 

उनीहरु वरिष्ठता र कार्यक्षमताका आधारमा स्वभाविक दाबेदार थिए। एआईजीमा बढुवाका लागि डीआईजी विश्वराज पोखरेल  र सहकुल थापा पनि दौडमा थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.