काठमाडौं : सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढ्ने खालको व्यवहार गर्न आग्रह गरेको छ। संक्रमितको व्यवस्थापनको लागि सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीले धेरै मिहिनेत गरिरहेकोले फ्रन्टलाइनमा खटिएकाहरूको मनोबल बढाउनको लागि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
प्रभावकारी ढंगले कार्य गर्दै जाने क्रममा हामी सबै लागिरहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए। उनले भने,'कुनै पनि संवेदनशील कामको दौरानमा नयाँ चुनौतीहरू थपिन्छन्। सुधार्ने ठाउँ पनि हुन्छन्। कठिनाइको बाबजुद कोभिड-१९ को उपचार संलग्नमा चिकित्सकहरूलाई मनोबल बढाउने काम गर्नुपर्छ।'
पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा र गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।