|

सर्लाही : लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ। ३२ किलोमिटर रहेको सर्लाही खण्डको अधिकांश भागमा साउनको पहिलो साताबाट निरन्तर वर्षा भएकाले पहिल्यैदेखि बनेका स–साना खाडल पनि बढेर ठूला बनेका छन्।

जसका कारण पूर्वपश्चिम राजमार्गको कालोपत्रे उप्किँदा सडक नै जीर्ण बनेको छ। जिल्लाको  पूर्वी सिमाना बाँकेदेखि पश्चिम बागमती सडक खण्डका सैयौं स्थानमा ठुल्ठूला खाडल बनेका छन्। 

वर्षाले सडक खराब भएपछि सवारी सञ्चालनमा समस्या भइरहेको चालकहरूले गुनासो गरेका छन्। खाल्डाखुल्डीका कारण जिप, टेम्पो, अटो मोटरसाइकल, कारलगायत सानाठूला सवारी साधन दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादवले जानकारी दिए। 

राजमार्गमा बनेको खाल्डोले तीव्र गतिमा चलाइएका सवारी बढी जोखिममा पर्ने गरेका र रातको समयमा झनै बढी जोखिम हुने प्रहरीे निरीक्षक यादवले बताए।
राजमार्गमा बनाइएका कालोपत्रे पुरानो भइसकेकाले पानी परिरहेको समयमा सवारी साधन गड्दा उप्किने समस्या बढ्दै गएको प्राविधिकहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.