|

रुकुम : रुकुम पश्चिमका सबै कोरोना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन्। जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै जिल्लाका सबै संक्रमित डिस्चार्ज भएका हुन्।

स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरी २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै जिल्लामा सक्रीय कोरोना संक्रमितको संख्य शून्य भएको छ। जिल्लाको चौरजहारी नगरपालिकामा २०, बाँफिकोट गाउँपालिकामा ३, सानीभेरी गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ गरि जम्मा २७ जनालाई संक्रमण पुष्टि भएको थियो।  

तर आठबिसकोट नगरपालिकामा भने हालसम्म कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन। हालसम्म जिल्लामा ४ हजार बढीको स्वाब पिसिआर जाँच भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.