दुई घरमा क्षति, ६ घर उच्च जोखिममा

|

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-२ मा गएराती चलेको पहिरोले दुई घरमा क्षति पुगेको छ। अन्य ६ घर उच्च जोखिममा परेका छन्‌। 

पहिरो चलेको थाहा पाएपछि स्थानीयहरू ज्यान जोगाउन भागेपनि गोठखोरमा रहेका गाईबस्तु किलामै रहेका छन्‌। स्थानीय लोकेन्द्र बोहराको घरको आँगन नै पहिरिएपछि जनक बोहराको घरमा क्षति पुगेको छ।

घरमा बसेकाहरू भागेपनि बस्तुभाउ गोठमै रहेको र पहिरो चलिरहेकाले निकाल्न समेत नसकिएको स्थानीयले बताएका छन्‌। गोठमा ६ वटा भैंसी, २ वटा गाई र ५ वटा बाख्रा अड्किएको बोहोराले जानकारी दिए। ​

शेरसिंह बोहरा, शालीभान बोहरा, वीर बहादुर बोहरा र मन्जित बोहरा र वीर बहादुर बोहराको घर पनि पहिरोको उच्च जोखिममा परेको छ।  स्थानीय नरसिंह बोहराको गौशाला पनि पहिरोका कारण भत्किएको जानकारी प्राप्त भएको छ।

गएराती १ बजेतिर खसेको पहिरोले ती घरहरु जोखिममा परेका र अझै पनि पानी परिरहेकाले पहिरो जाने क्रम नरोकिएको वडा कार्यालयले जनाएको छ। उद्धारका लागि प्रहरीलाई खबर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.