|

काठमाडौँ : प्रधानमन्त्री एवम्‌ नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल जारी  छ। पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा जुटेका हुन्।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्बाङको समेत सहभागिता रहेका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन्‌। पार्टीभित्र विवाद बढ्दै जाँदा फुटको स्थिति निम्तिएपछि समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री एवम्‌ वरिष्ठ नेता खनालको पहलमा छलफल चलिरहेको हो।

शीर्ष नेताहरूबीच विवाद बढ्दै जाँदा असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक समेत बस्न सकिरहेको छैन। स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितको नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको हो।

साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले एक निर्णयबाट स्थगित गरिदिएपछि दुई अध्यक्षबीच संवाद नै टुटेको थियो।

नेकपामा शक्ति संघर्ष : ओली र दाहालबीच संवाद नै टुट्यो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.