|

बाँके : बाँकेमा मंगलबार १३ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा बाँके कारागारका १२ जना कैदी र इलाका प्रहरी कार्यालय, कोहलपुरमा रहेका एक जना कैदीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

जिल्ला कारागार बाँकेबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ। मंगलबार फेला परेका संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका भएका अस्पतालले जनाएको छ। तीमध्ये दुई महिला ११ पुरुष छन्। 

इलाका प्रहरी कार्यालयका कैदीमा कोरोना देखिएपछि कार्यालय सिल गरिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरीलाई भित्र राखेर बाहिर ड्युटी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए। संक्रमित फेला परेपछि कारागारलाई पनि सिल गरी भेटघाट बन्द गरिएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.