समाज

१६ लाख नेपाली रुपैयाँसहित सुन तस्कर पक्राउ

साउन २१, २०७७

    कपिलवस्तु : नेपालबाट सुन लुकाई भारत पुराउने काममा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  भारतबाट लुकीछिपी नेपाल आउँदै गर्दा मायादेवी गाउँपालिका वडा नं १ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन्। ​

    सोनारबाट १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। मायादेवी गाउँपालिका वडा नं ४ ठकुरापुर गोब्ली बगैँचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन्। ठूलो रकमसहित फेला परे पछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत बताउन नसके पछि नियन्त्रणमा लिएको थियो। 

    सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए। पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]