बैतडी : बजार क्षेत्रको भिडभाडमा मास्क नलगाउन, सामाजिक दूरी कायम नगर्ने तथा स्वास्थ्य सुरक्षा नअपनाउँदा संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। बैतडीका सरोकारवाला निकाय आफैं मास्क वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गर्न थालेका छन्।
जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी आफैं मास्क वितरणमा लागेका छन्। सर्वसाधारणहरु कोरोना रोग निर्मूल भएझैँ जमघट हुने, भेला हुने र विना मास्क हिँडडुल गर्न थालेपछि मास्क वितरण गर्न थालिएको प्रजिअ जोशीले बताए।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले बताए मास्क प्रयोग गर्न अटेरी गरेका केहीलाई जरिवानासमेत गरिएको बताए। सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहको जोड रहेको छ।
बैतडीमा हालसम्म ३१९ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३०४ जना घर फर्किसकेका छन्। सुर्नया गाउँपालिकाका १२ जना र पाटन नगरपालिकाका ३ जना गरी १५ जना मात्रै आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।