|
फाइल फोटो

काठमाडौं : विराटनगरमा कोरोनासँग लक्षण मिल्ने एक बिरामीको उपचारका लागि कोशी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको आज बिहान ९: १५ मा मृत्यु भएको हो। मृतकको स्वाब संकलन गरी परीक्षणको लागि पठाइसकिएको कोशी अस्पतालले जनाएको छ।

बाहिर उपचार गरिएको र कोशी अस्पताल ल्याइ पुर्‍याउँदा बिरामीको मृत्यु भइसककेको अस्पतालका निर्देशक चुमन लाल दासले बताए। उनका अनुसार बिरामीमा निमोनिया, ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो। उनले भने,'कोरोनासँग मिल्दो जुल्दो लक्षण भए पनि स्वाबको रिपोर्ट नआएसम्म केही भन्न‍ सकिन्न' उनले थपे, ' संक्रमण थियो थिएन भनेर पुष्टि गर्नका लागि परीक्षणका लागि स्वाब पठाइसकिएको छ।'

यसअघि पनि मोरङमा विराटनगर-५ का वृद्ध, सुनवर्षीका एक पुरुष, विराटनगर-९ गुद्री र रंगेली-८ का पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.