पर्सा/काठमाडाैं : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा बिहान मृत्यु भएका वृद्धमा कोरोना पुष्टि भएको छ।
वीरगञ्ज–३ छपकैयाका ५७ वर्षीय उनको मृत्युपछि गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार इमर्जेन्सी कक्षमा उपचार क्रममा उनको मृत्यु भएको हो।
उनमा खाेकी लागेकाे र श्वासप्रश्वासमाकाे समस्या देखिएकाे थियाे। उनमा काेराेनाकाे लक्षण नै बढी देखिएकाे बताइएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।