|
सांकेतिक तस्बिर ।

कपिलवस्तु : कपिलवस्तुका १८ कोरोना सङ्क्रमितलाई लक्षण देखिन थालेको छ।

जिल्लास्थित ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमितसँग सम्पर्क गर्दा लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। केहीलाई ज्वरो आएको, रुघा लाग्ने गरेको, सास फेर्न गारो हुने, छाती दुख्ने जस्ता लक्षण देखिएको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन्‌।

लक्षण देखिएकामध्ये ४ जनालाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ। अस्पताल पुर्‍याइएका सबैजना समुदायबाट सङ्क्रमण भएका हुन।

पछिल्लो पटक ६ स्थानीयतहमा कोरोना सङ्क्रमित फेला परेका छन्। कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा समुदायस्तरमै कोरोना देखिएको अधिकारीहरूले बताएका छन्‌।

जिल्ला स्वास्थ्य कार्यालयले समुदायबाट लिएको नमुनाअनुसार ८ प्रतिशतमा कोरोना देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.