|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो।

ओली-दाहालबीचको भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बिहीबार पनि ओली र दाहालबीच छलफल भएको थियो। 

९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका लागि महाधिवेशनमा जाने प्रस्ताव अध्यक्ष ओलीले राखेका थिए।  

जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्ने र त्यसपछि एकल अध्यक्षका रुपमा पार्टीको नेतृत्व प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व ओलीले गर्ने प्रस्तावमा हिजो छलफल भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.