सर्वसाधरणले अटेर गरेपछि निषेधाज्ञामा कडाइ

|
समाचार प्रतिनिधि तस्बिर

पर्सा : कोरोनाको 'हटस्पट' पर्सामा सुरक्षा सतर्कतामा सर्वसाधारण चुकिरहेपछि नेपाली सेनाको पनि गस्ती बढाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक सर्पोटका रुपमा आइतबारबाटै नेपाली सेनाको पनि गस्ती बढाइएको हो। 

गत साउन १० गतेबाट वीरगन्ज महानगरपालिका हुँदै पछिल्ला हप्ता दिनयता जिल्लाभरी नै निषेधाज्ञा जारी गरी सुरक्षा सतर्कता बढाइएको थियो। उक्त निषेधाज्ञा पूर्ण परिपालना नभए पछि व्याक सपोर्टका रुपमा नेपाली सेनालाई पनि गस्तीमा खटाएको संकट व्यवस्थापन केन्द्र पर्साले जनाएको छ। 

सशस्त्र प्रहरीले सीमामा कडाइ गर्नुपर्ने र जिल्ला भित्र तथा बजार क्षेत्रमा केही जनशक्ति व्यवस्थापनमा सहज बनाउन सेनालाई पनि गस्ती गरी सहयोग गर्न भनिए अनुसार आइतबारबाट सेना निस्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 

आगामी दिनमा निषेधाज्ञा तथा जिल्लाको सुरक्षा सतर्कताका सवालमा थप के के गर्ने? भन्ने सवालमा सम्बन्धित पक्षहरुसँग परामर्श गरी निषेधाज्ञा थप कडा बनाएर जाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले बताए। 

पर्सामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ विभिन्न पक्षसँग बैठकमा जुटिरहेकोले आधिकारीक रुपमा लिखित तथ्य सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.