|

पर्सा : कोरोना संक्रमण तीव्र फैलिरहेको पर्साको वीरगन्जमा गएराति एक संक्रमित र अर्का शंकास्पद गरी दुई पुरुषको मृत्यु भएको छ।

पर्साको वीरगन्जस्थित कोभिड अस्थायी अस्पताल गण्डकमा उपचार गराइरहेका वीरगन्ज विर्ताका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। 

वीरगन्जकै भिस्वाका अर्का पुरुषको पनि नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मृतकमध्ये विर्ताका ८६ वर्षीय पुरुष गएको साउन २७ गते संक्रमित भई नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए।

अर्का मृतक अर्थात भिस्वाका ५७ वर्षीय पुरुष भने कोरोनाको लक्षण देखिएको भन्दै विभिन्न अस्पतालले भर्ना नलिएपछि हिजो नारायणीमा भर्ना भएका थिए। अस्पतालमा भर्ना भएको केहीवेरमै उनको निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए। शंकास्पद पुरुषको थ्रोट स्वाब परीक्षणका क्रममा नै रहेको छ।  

संक्रमित भई निधन भएका विर्ताका पुरुषसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। अर्का मृतकको भने रिपोर्ट आइनसकेकाले अहिले नै एकीन गर्न नसकिने नारायणी अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.