काठमाडौं : मदन पुरस्कार गुठीले वि.सं. २०७६ को जगदम्बा श्री पुरस्कार गायिका तथा संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ।
गुठीको आइतवार बसेको बैठकले ६ दशकदेखि नेपाली गीत-संगीत क्षेत्रमा क्रियाशील ठटाललाई जगदम्बाश्री दिने निर्णय गरेको हो।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार नेपाली गीत-संगीत क्षेत्रको उन्नयनमा उनले खेलेको विशिष्ठ भूमिकाको सम्मान गर्दै यो पुरस्कार दिने निर्णय गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।