|

काठमाडौं : काठमाडौंमा स्वाइनफ्लूको विरामी भेटिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १० दिनअघि पुगेका ५० बर्षका एक पुरुषमा स्वाइन फ्लूको भाइरस भएको पुष्टि भएको अस्पतालका सरुवा रोग बिशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

उनले भने ' डेढ हप्ता अगाडि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ५० बर्षिय एक पुरुषलाई हामीले स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा स्वाइनफ्लूको भाइरस भएको पुष्टि भएको हो।'

स्वाइन फ्लू सरुवा रोग भएकाले एक अर्कामा छिट्टै सर्ने भएकाले राजधानीवासीलाई सचेत रहन डा.पुनले सुझाव दिएका छन्। खोकी लागिरहने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरोसँगै वान्ता हुने, पखाला लाग्ने भएमा स्वाइन फ्लू भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिने बितिक्कै जाँच गराउनुपर्ने डा. पुनले बताए।

यस्तै स्वाइन फ्लू सरुवा रोग एक अर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क प्रयोग लगाउने, खोक्दा वा हाच्छ्यू गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने तथा झोलिलो खानेकुरा खाने र स्वाइन फ्लू शंका लागेमा बेलैमा परीक्षण गरेमा बच्न सकिन्छ। 

मधुमेह, उच्च रक्तचापसँगै अंग प्रत्यारोपण गरिएका व्यक्ति, डायलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइन फ्लू सर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने डा. पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.