|

बुटवल : १९ औं तिलोत्तमा गोल्डकपमा रोमाञ्चक जीत दर्ता गर्दै संकटाले सेमिफाइनल यात्रा गरेको छ। 

सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा संकटाले विभागीय टोली एपीएफ क्लबलाई २-१ गोलले हरायो। संकटालाई खेलको ४८ औं मिनेटमा मार्टिन्सले अग्रता दिलाएका थिए। त्यसपछि दुबै टोलीले आक्रामक खेल देखाए।

दुबैतर्फबाट गोलको प्रयास जारी रहेकै बेला खेलको ६९ औं मिनेटमा सन्तोष श्रेष्ठको क्रस पासमा रबि थिङले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछिको निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन सकेन।

अतिरिक्त समयको पहिलो हाफमा पनि दुबै टोलीले गोल गर्न सकेनन्। अतिरिक्त समयको दोस्रो हाफमा संकटानका कोने मउसाले उत्कृष्ट गोल गरे। अन्त्यतिर उनले गरेको गोसँगै संकटा सेमिफाइनल पुग्यो। कोने मउसा म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार अर्को क्वाटरफाइनल खेलमा दुई विभागिय टोली पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसीले बताए। पुलिसले केही शनिबारमात्रै बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.