|

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा मिनी बस र ट्याक्टर ठोक्किएको छ। 

बस्तीपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ त ७७०० नम्बरको ट्याक्टरले सोही दिशामा गुडिरहेको ना १ ज ८६८५ नम्बरको मिनी बसलाई बुधबार बिहान ठक्कर दिँदा दुर्घटना भएको हो।

घटना स्थलमा अहिले प्रहरी पुगेको छ। प्रारम्भिक जानकारी अनुसार नौजना घाइते भएका छ्न्।उनीहरुको उपचार हेटौंडाको चुरेहिल अस्पतालमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.