|

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शहिदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधवार साँझ मृत्यु भएको हो।  असोज २० गते अस्पताल भर्ना भएका उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा असोज २१ गते नै रिपोर्ट पोजेटिभ आएको थियो।​

अस्पतालकाअनुसार ति पुरुष पहिलेदेखि मुटु तथा श्वासप्रश्वास समस्याबाट पीडित थिए। मृतकको शव अहिले अस्पतालमै राखिएको छ। आज नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरिने बुझिएको छ।

यसअघि शहिदनगरमै २ जनाको ज्यान गइसकेको छ। योसँगै धनुषामा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ र प्रदेश २ मा १४४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.