उपहारमा पाएको यो सुट जीवनकै दोस्रो

|

पर्वत : चाडबाडमा नयाँ लुगा लगाउने भनेपछि बालबालिकाहरू हुरुक्क हुन्छन्। उनीहरूलाई खुवाइको भन्दा पनि लगाइएको रमाइलो लाग्छ।
साधारण जीवनयापनमा रमाइरहेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले पनि त्यही शैलीमा सामाजिक सञ्जाल फेसबुकमा नयाँ लुगा पाएकोमा खुसी व्यक्त गरेका छन्।

फेसबुकमा स्ट्याटस राख्दै पुनले सायद ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा पाएको र आफूलाई आएका ती कपडा जीवनकै दोस्रो नयाँ सुट भएको उल्लेख गरेका छन्। तर उनले आफूले लगाएको जुत्ता भने ६ वर्ष पुरानो भएको बताएका छन्।
आफ्ना साथीहरूले राम्रो कपडा लगाएन भनेर आफूलाई कचकच गरिरहेको भन्दै उनले ती साथीहरूलाई चुप लाग्न अनुरोध गरेका छन्। पुनको स्ट्याटसलाई बुझ्दा नयाँ सुट आफैँले किनेको हुन जस्तो भने लाग्दैन।

किनकि उनले आफ्नो नापो नै लिएर सिलाइदिएका ती कपडा कसरी आए भन्ने बारेमा केही महिनापछि बताउने उल्लेख गरेका छन्।
लामो समयपछि नयाँ कपडा लगाउन पाएको खुसीमा वैज्ञानिक पुनले यसपालिको दशैँ रमाइलो हुने र नयाँ कपडा पाउँदा कहिलेकाहीँ गल्लीको कुकुरको पनि दिन आउने भनी ठट्यौली पारामा लेखेका छन्।

यस्तो छ उनको स्टाटस :
सायद ४५ वर्ष पछि मैले दशैँमा नयाँ कपडा पाएको होला। यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो। जुत्ता चाहिँ ६ वर्ष पुरानो हो। धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्। आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ। दशैँको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला। केही महिना पछि मैले नै बताउने छु। क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता। कहिलेकाहीँ ता गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.