|

हुम्ला : मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। पार्किङ गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो। 

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका-४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेका गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन्। 

मदिराले लठ्ठ  मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ। गाउँपालिका-२ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् 

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन्।

मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेको छन्। उनलाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.