|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारविरुद्ध सडकको शक्ति एकीकृत गर्न सुझाएका छन्‌। 

इन्टरनेट सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्र आफूहरूको कर्तव्य पूरा नहुने उल्लेख गरेका छन्‌। थापा लेख्छन्‌, '​सभापति ज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ।'

कमजोर प्रतिपक्षीको भूमिकामा खुम्चिएको पूर्वसत्ताधारी कांग्रेसका नेता/कार्यकर्ताले सरकारका विभिन्न विवादास्पद कदमविरुद्ध आवाज उठाइरहेपनि पार्टी सभापति देउवाले निर्णय सच्याउन सामान्य ढंगले आग्रह गर्नेबाहेक कडा रूपमा प्रस्तुत नभएको आरोप लाग्‍ने गरेको छ।

पछिल्ला केही राजनीतिक नियुक्तिमा पार्टीका लागि हिस्सा खोज्दै देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.