इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा शनिबार भएका दुई खेलपछि शीर्ष चारको अवस्था क्लियर हुँदै गएको छ।
पन्जाबले हैदरावादलाई रोमाञ्चक भिडन्तमा पाखा लगाउँदै प्ले अफमा सम्भावना कायम राख्दा मुम्बईले शीर्ष स्थानमा १४ अंकका साथ आफूलाई उभ्याइरहेको छ।
त्यस्तै दिल्ली क्यापिटल्स पनि समान १४ अंकका साथ दोस्रो नम्बरमा रहँदा नेट रनरेटमा मात्र मुम्बईभन्दा पछि छ। रोयल्स च्यालेन्जर्स बैंग्लोरले पनि १० मध्ये ७ खेलमा जित निकालेकाले समान १४ अंक छ। उसको दिल्लीभन्दा नेट रनरेट कम भएकाले समान अंक भए पनि तेस्रो नम्बरमा छ।
पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शनपछि केकेआर १२ अंकसहित चौंथो स्थानमा छ। लगातार चार जित निकालेको पञ्जावले आफूलाई प्रतियोगितामा बलियो बनाइराखेको छ। १० अंकका साथ पाँचौं नम्बरमा छ। त्यसैले शीर्ष चारमा यिनै पाँच टिमको दबदबा देखिने छ।
जसको सम्भावना कमजोर
सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स लगभग प्रतियोगिताबाट बाहिरिएका छन्। जसमा चेन्नई आउट हुँदा राजस्थान हैदरावादको पनि गणितीय सम्भावना मात्रै बाँकी छ। हैदरावादको ८ अंक हुँदा राजस्थानको पनि समान ८ अंक छ। नेटरनरेटमा राजस्थानपछि रहँदा सातौं स्थानमा रहेको हो। चेन्नई ६ अंकका साथ लिग अंक तालिकाको पुछारमा छ।
केएल राहुल र रबाडाको दबाब
ओरेन्ज क्यापको रेसमा केएल राहुलले आफ्नो अग्रता कायम राखेका छन्। केएल राहुलले प्रतियोगितामा ५ सय ६७ रन बनाउँदा शीर्ष स्थानमा रहँदै ओरेन्ज क्यापको दबाबा कायम राखेका हुन्।
लगातार दुई शतक प्रहार गरेका शिखर धवनले अहिलेसम्म खेलेका ११ खेलमा ४ सय ७१ रन बनाएका छन्। उनले राहुलमाथि चुनौती बढाएका छन्। मयंक अग्रवाल ३ सय ९८ रन सहित तेस्रो स्थानमा छन्।
पर्पल क्यापको दाबेदारीमा कागिसो रबाडाको रवाफ कायम छ। उनको आसपासमा कुनै पनि बलर छैनन्। रबाडाले ११ खेलमा २३ विकेट लिएका छन्। दोस्रो नम्बरमा जसप्रित बुमराह छन्। उनको १० खेलमा १७ विकेट रहेको छ। त्यस्तै मोहमद सामीले ११ खेलमा बुमराह समान १७ विकेट नै लिएका छन्। उनी पर्पल क्यापको रेसमा तेस्रो नम्बरमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।