|

बुटवल : १९ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो सेमिफाइनमा आर्मीले आयोजक रुपन्देहीलाई पराजित गर्दै फाइनल  यात्रा तय गर्‍यो।

प्रतिस्पर्धात्मक खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। निर्धारित तथा अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेको खेल टाइब्रेकरमा आर्मीले ४-२ ले जित्यो। डिफेन्डिङ च्याम्पियन रुपन्देहीका दुई विदेशी खेलाडी फाइनलमा गोल गर्न चुकेका थिए।  एम अंगोला र सामसनले गोल गर्न नसकेपछि खेल आर्मीको पक्षमा गएको हो।


दोस्रो सेमिफाइनलमा आर्मीका गोलरक्षक सुशिल श्रीवास्तव 'म्यान अफ दि म्याच' घोषित भए। बिहीबारको खेलमा आयोजक रुपन्देहीका अजय विक, लक्ष्मण रुचाल, निरज बस्नेत तथा दिलीप क्षेत्री तथा आर्मीका विकास तामाङ र सुमन अर्यालले पहेंलो कार्डको सामना गरे। आर्मी र संकटाबीचको खेल शनिबार देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.