|
प्रतिकात्मक तस्वीर

बर्दिया : बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका २ जनाको मृत्यु भएको छ। दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको मुगुवा खोलानजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। राजमार्गमा रोकिराखेको ना३ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना५५प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवैजना दाजुभाइको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाएका आशिष थारु मनुषा टिकासिह थापा बहुमुखी क्याम्पसमा प्रथम वर्ष अध्यायन गर्दै गरेका विद्यार्थी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.