|

नवलपरासी : बर्दघाट नगरपालिकामा कोरोना संक्रमणका कारण एक ७० वर्षीया महिलाको मृत्यु भएको छ।  बुधबार (आज) विहान करिव ८ः ३० बजेको समयमा महिलाको मृत्यु भएको हो।  नगरपालिकाको वडा-४ की महिलाको  होम आइसोलेसनमा बसेकै अवस्थामा मृत्यु भएको नगर स्वास्थ शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।

मृतक महिलामा गत शुक्रबार बुटवल स्थित नेशनल प्याथल्यावमा पिसिआर परिक्षणको क्रममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमा आइसोलेसनको रुपमा रहँदै आएकी थिइन्। मृतक महिलामा पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको पनि ज्ञवालीले बताए। 

यो सँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.