|

काठमाडौं : धरानको बिपी कोभिड अस्पतालमा किड्नीको उपचार गराइरहेकी ताप्लेजुङकी २९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ। अस्थायी ठेगाना धरान उपमहानगरपालिका–११ रहेकी महिलाको आज दिउँसो १ बजे मृत्यु भएको हो।

उनी पहिल्यैदेखि प्रतिष्ठानमा उपचाररत थिइन्। २६ गते कोरोना पुष्टि भएको थियो उनमा। ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिए।

योसँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ। कोरोनाबाट ताप्लेजुङ जिल्लाका मानिसको पहिलोपटक मृत्यु भएको छ। जिल्लामा २६ जना उपचाररत छन्। ४९ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.