|

काठमाडौं : कास्कीमा थप २ महिला र लमजुङका एक पुरुष संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१७ की ७५ वर्षीया महिला,वडा-९ की ८३ वर्षीया महिला र लमजुङ बेँसीशहर नगरपालिका-५ का ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।

पोखरा महानगरपालिका १७ की ७५ वर्षीया संक्रमित महिलालाई २४ गते कोरोना पुष्टि भएको थियो। उनलाई निमोनिया, उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगी थिइन्। उनको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो। सोही नगरपालिका ९ की ८३ वर्षीय संक्रमितलाई २५ गते कोरोना पुष्टि भएको थियो। उनलाई पनि उच्च रक्तचाप, दमको समस्या र निमोनिया रहेको थियो। उनको फिस्टेल हस्पिटल तथा रिसर्च सेन्टर प्रालिमा आज बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरुषलाई २८ गते कोरोना पुष्टि भएको थियो। मृतक पुरुषमा दीर्घ रोग निमोनिया र गम्भीर अवस्थाको हेपाटाइटिस थियो। बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ गते बेलुका पौने ७ बजे मृत्यु भएको हो।

यो सँगै कास्कीमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३७ पुगेको छ। १२ सय ४८ संक्रमित उपचाररत, ३ हजार १ सय ४६ र कुल संक्रमित ४ हजार ४ सय २९ छन्। लमजुङमा २ संक्रमितको मृत्यु भएको छ। कुल संक्रमित ७ सय ५३, संक्रमणमुक्त ६ सय ६४ र उपचाररत ८८ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.