|

काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित कोरोनाको परीक्षण सेवा सुरू गर्ने भएको छ। 

प्रयोगशालाले बिहिबार एक सूचना प्रकाशित गर्दै हाल २ सय बिरामीको परीक्षणबाट सेवा सुरुवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने जनाएको छ।
नमुना संकलन बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुनेछ।

प्रयोगशालामा सेवा दिन आउँदा सम्पुर्ण बिरामीहरूले स्वास्थ्य मापदण्ड मापदण्ड पूर्णरूपमा अपनाउन समेत आग्रह गरेको छ। शनिबार देखि बाहेक अन्य दिन सेवा सुचारु रहने छ।

कोरोना माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.