|

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली सबार हेलिकप्टर विराटनरमा अवतरण गरेको छ।

ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण सीधै विराटनगर विमानस्थलमा अवतरण गरिएको हो।

केही बेरअघि विराटनगर विमानस्थलमा आइपुगेका हुन् प्रधानमन्त्री ओली। पर्यटन मन्त्री योगेश भट्टराई, सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत नेताहरु भने विशिष्ट कक्षमा रहेका छन्। इन्धन भर्न मात्र विराटनगर विमानस्थलमा हेलिकप्टर अवतरण गरिएको बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिफिलिङका लागि मात्र विराटनगर विमानस्थलमा आइपुगेको र यहाँ कुनै कार्यक्रम नरहेको बताएका छन्। उनले केही बेरपछि नै काठमाडाैं फर्किने कार्यक्रम रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.