|

काठमाडौं : पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात करोड रुपैयाँभन्दा धेरै बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि आफूले बिनाकसुर मानसिक तनावमा लामो कालखण्ड बिताएको बताएका छन्।

हालै विशेष अदालतले जोशी विरुद्धको आरोप निराधार र तथ्य परक नभएको र बिगोको माग दाबी आधारहीन भएको भन्दै नियम कानुनबमोजिम बोलाएको बेला उपस्थित हुने गरी साधारण तारेखमा राखेर छोड्ने आदेश जारी गरेसँगै जोशीले यस्तो बताएका हुन्।  

सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले आफूलाई सहयोग गर्ने साथीहरु, निशुल्क बहस गर्ने अधिवक्ताहरू, आफ्नोबारे समाचार लेख्ने पत्रकारहरू, शुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।  

‘ललिता निवास जग्गा प्रकरणमा अ.दु.नि. आयोगले बिनाकुनै ठोस आधार, स्पष्ट प्रमाण र कारण विना मलाई  भ्रष्टाचारको आरोप लगाइ रु. सात करोडभन्दा बढीको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेकोमा मेरो सामाजिक पृष्ठभूमि, वैचारिक आस्था तथा राजनीतिबारे सुने जानका विभिन्न पत्रपत्रिका, अनलाइन, एफएम, टिभीलगायत संचार माध्यम तथा पार्टीका राजनीतिक सहकर्मी, साहित्यकार तथा जान्ने सुन्ने आम आम व्यक्तिहरूबाट व्यापक विरोध तथा आश्चर्यप्रकट भएकै थियो। र, ती सबैप्रति त्यतिबेला नै धन्यवाद ज्ञापन गरेको थिए’, उनले लेखेका छन्।  

जोशीले बिनाकसुर अभियोग भोग्नुपरेकाले ज्यादै मानसिक तनावका बीच लामो समय बिताएको पनि उल्लेख गरेका छन्। उनले आफू देशका हरेक परिवर्तनमा निष्ठापूवर्क सहभागी भए पनि अख्तियारले दायर गरेको मुद्दाले दुखी भएको बताएका छन्।

जोशीले सबैप्रति आभार प्रकट गरी यस्तो लेखेका छन् 

ललिता निवास जग्गा प्रकरणमा अ.दु.नि. आयोगले बिना कुनै ठोस आधार, स्पष्ट प्रमाण र कारण बिना मलाई भ्रष्टाचारको आरोप लगाइ रु. सात करोड भन्दा बढीको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेकोमा मेरो सामाजिक पृष्ट भुमि, वैचारिक आस्था तथा राजनैतिक बारे सुने जानका विभित्र पत्रपत्रिका, अनलाइन, एफ.एम., टी.भी. लगायतका विभित्र संचार माध्यम तथा विभित्र पार्टीका राजनैतिक सहकर्मी, साहित्यकार तथा जान्ने सुन्ने आम आम व्यक्तिहरूबाट ब्यापक विरोध तथा आश्चर्य प्रकट भएकै थियो ।

र, ती सबैप्रति त्यति बेला नै धन्यवाद ज्ञापन गरेको थिए । विगत छः दशकदेखि कम्युनिष्ट आन्दोलनको एउटा निष्ठावान् सदस्यको हैसियतले पूर्ण निष्ठा तथा सैद्धान्तिक प्रतिवद्ध सहित देशमा प्रजातन्त्रको पुनर्बहाली, राजतन्त्रको समाप्ति, गणतन्त्र तथा संघीयताको बहालीका लागि निरन्तर संघर्षरत रहेको, प्रथममा सम्बिधान सभाको सदस्यका हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखनमा निष्ठा पूर्वक सहयोग पुगाएको तथा एक दशकसम्म ने.क.पा (संयुक्त) को अध्यक्ष भै यस सम्पूर्ण परिवर्तनमा निष्ठा पूर्वक सक्रिय सहभागी रहेको व्यक्तिलाई विना कुनै कसुर त्यस्तो अभियोग बेहोर्नु परेकोमा ज्यादै मानसिक तनावको अवस्थामा यो लामो कालखण्ड विताउनु प¥यो ।

यसै क्रममा अस्ति मिति ०७७/८/८ मा सम्मानित विशेष अदालत समक्ष थुनछेकको बहसको सिलसिलामा सम्माननीय न्याय मूर्ति द्वय श्रीमान प्रेमराज कार्की ज्यु तथा बालेन्द्र रुपाखेती ज्युको संयुक्त इजलासमा आफ्नो भनाइ राख्न उपस्थित भइयो । सम्माननीय न्याय मूर्तिहरूको न्यायपरायणता र विवेकपूर्ण विश्लेषणले मलाई लगाइएको आरोप निराधार र तथ्य परक नभएको र बिगोको माग दाबीको आधारहीन भएको महशुस गरी नियम कानून बमोजिम साधार बोलाएको बेला उपस्थित हुने गरी साधारण तारेखमा राखेर मलाई न्याय प्रदान गर्नु भएको छ । न्याय मूर्ति द्वय र अदालतमा मलाई सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु ।

यसका साथै सम्पूर्ण ती कानुन व्यवसायी साथीहरू जसले मेरो पक्षमा निशुल्क बहस गरी मलाई साथ दिनु भयो, विशेष गरी कानुन व्यवसायी साथी श्री ललित बस्नेत, जस्ले म माथी अभियोग दर्ता भएको पहिलो खबर पाउन साथ घरमै आएर सम्पूर्ण अदालती कार्यवाही निशुल्क गर्छु आर्थिक कारणले चिन्ता नगर्नु होस भनि मेरो हात समात्नु भयो अधिवक्ता साथी भिमार्जुन आचार्य, जसले निशुल्क कानून लडाई लडने आश्वासन मात्र होईन विभित्र संचार माध्यम सहित प्रत्येक अवसरमा मेरो निर्दोशिताको वकालत गर्नु भयो, नेपालका कानुन क्षेत्रका पितामह वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, अधिवक्ता साथी अमर थापा, जयदेव जोशी, जगप्रसाद जोशी तथा अदालतले धरौटी माग गरेमा त्यति ठुलो रकम राख्ने मेरो आर्थिक हैसियत नभएकोले मलाई आर्थिक सहयोगको हात बढाउने सहृदयी साथीहरू सर्व श्री विजय शेरचन, नवीन भुजेल, राजेन्द्र मिश्रा, डा. गुणराज अवस्थी, सरस श्रेष्ठ, प्रा. जयराज अवस्थी, डा. सचिन अवस्थी, शेखर चन्द्र बडू, प्रधानाध्यापक श्यामराज जोशी, एन बी गिरी लगायतप्रति म ह्रदयदेखी नै आभारी छु । मेरो भोग जल सजाय भोग्न तयार छु भनि सार्वजनिक घोषणा गर्नु हुने मित्र रामकुमारी झाँक्री र उहाँलाई प्रतिकृया स्वरुप हामी पनि जोशीका लागि जेल बस्न तयार भनी मेरो प्रति आस्था देखाउनु हुने सम्पूर्ण प्रति निकै कृतज्ञ छु ।

अदालतले मलाई समान्य तारेखमा राखेको पछि मलाई प्रारम्भिक न्याय प्राप्त भयो भनी विभिन्न माध्यमबाट खुसी जाहेर गर्नु हुने र मलाई शुभकामना दिनु हुने सबै प्रति आभारी छु । सार्वजनिक माध्यमहरुमा आइनैसकेको छ । ममाथि लागेको मुद्दामा कुनै आधार नै थिएन । विगतमा नै भइसकेको निर्णय जुन पारित हुन मन्त्री परिषदमा पहिलेनै पुगिसकेको थियो, प्राविधिक कारणले फिर्ता भएकोमा अदालतको लगातारको ताकेता पछि पुन मन्त्रिपरिषदमा निर्णयार्थ पठाउनु मेरो पदीय दायित्व थियो । मैले नितान्त पदीय दायित्व निर्वाह गरेको हुँ । कुनै निर्णय गरेको होइन र मन्त्रीपरिषदबाट निर्णय हुनु पूर्व नै मैलै मन्त्री पदबाट राजीनामा समेत गरीसकेको थिए ।

त्यसैले निर्णयमा मन्त्रिपरिषदमा भएको आधारमा सामुहिक सहभागिता समेत मेरो थिएन । र साथै जुन लतिता निवास अन्तरगतको ठूलो जमीन अप चलनको सन्दर्भ छ । मेरो कार्यकालमा आएको सन्दर्भ मात्र ३ रोपनी १२ आना जग्गाको थियो जुन पनि पदीय दायित्वका आधारमा मैले मन्त्रिपरिषदमा पठाउनु परेको हो । वास्तविक ललिता निवास प्रकरणसँग यसको कुनै सम्बन्ध समेत नहुँदा मेरो नाम कसरी अख्तियारको सूचीमा पर्न गयो म आफै अचम्मित भएको हुँ । मलाई अख्तियारले मुद्दा दायर गरेपछि आम जनसमुदायबाट, बुद्धिजीवि, पत्रकार तथा मित्रहरूबाट जुन सहानुभूति र सहयोग प्राप्त भयो त्यसले मैले मेरो निष्‍ठाको राजनीतिक जीवन सफल भएको मानेछु । परिआएको अवस्थामा मेरो अनुभव, अध्ययन र सामर्थ्यले भ्याएको सहयोग नेपालको राजनीतिलाई गर्न अझै तत्पर र दृढ छु ।​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.