|

काठमाडौं : नेपालमा रहेका शरणार्थीको कोभिड-१९ को परीक्षण तथा उपचार सबै निःशुल्क गर्न सम्बन्धित निकायलाई सरकारले निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरे।

सरकारले कोभिड--१९ को लक्षण र चिह्‍न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ। नेपालमा भुटानलगायत देशबाट शरणार्थीका रूपमा विदेशीहरु बस्दै आएका छन्।

हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० संक्रमित, दुई लाख नौ हजार ४३५ जना निको भइसकेका र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.