काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सन्दीपले सामाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको बताएका हुन्। बुधबारदेखि शरीर दुखेपछि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले बताएका छन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारी गरिरहँदा कोरोना देखिएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। स्वास्थ्यमा सुधार आइरहेको भन्दै उनले चाँडै खेलमा फर्कने बताएका छन्।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।