|

बैतडी : भारतीय पेन्सनवाला बैतडीका ९६७ जनाले गत ५ दिनमा पेन्सन बुझेका छन्।  पेन्सनवालाको समस्यालाई गर्दै मंसिर ८ देखि १२ सम्म झुलाघाट नाका खुला गरिएको थियो। 

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भारतीय पेन्सनवालाले भारतीय बैंकमार्फत आफ्नो रकम बुझ्ने गरेका छन्। बैतडीमा १ हजार २०० भन्दा बढी भारतीय पेन्सनवाला छन्। लामो समयपछि पेन्सन बुझ्न पाउँदा उनीहरु खुसी भएका छन्। 

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुला गरिएको थियो। नाका खुला भएको समयमा दुवै पक्षको समन्वयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलाई पनि आवतजावत गर्न दिइएको थियो। शुक्रबार साँझदेखि नै झुलाघाट नाका पुनः बन्द भएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.