|

काठमाडौं : बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कैलाश हेलिकप्टर सर्भिसेजको हेलिकप्टर आज दिउँसो साढे २ बजेतिर नुवाकोट बेलकोटगढी नगरपालिका—६ मा आकस्मिक अवतरण गरिएको हो।

हेलिकोप्टर अवतरणका क्रममा पाइलट दीपक गर्बुजा पुन सामान्य घाइते भएका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

कैलाश एयरका अपरेसन चिफ श्रीहरि कुइँकेलले भने चरा ठोकिएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको तर मानवीय क्षति भने नभएको बताएका छन्।

नुवाकोटको बेलकोटगढि गाउँपालिका-६ मा आकस्मिक अवतरण गरेको बताइएको छ। हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताइएको छ।

गलकोट हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो। चरा ठोकिँदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ। पारिवारिक प्रयोजनका लागि हेलिकप्टर बागलुङबाट काठमाण्डौ उडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.