|

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले पद तथा गोपनीयताको सपथ लिँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन्। ट्रम्पले शुक्रबार बेलुकी एक ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन्। 

मत परिणाम आफ्नो प्रतिकूल हुनेगरी आएपछि त्यसलाई अस्वीकार गरेका ट्रम्प अदालतमा पनि निकम्मा साबित भएका थिए। चुनावी परिणाम अस्वीकार गर्ने क्रममा उनका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए।

यो हमला भएलगत्तै विद्युतीय सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो। १२ घन्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै उनले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए। 

तर लगत्तै उनले पूरानै रवैया अपनाउँदै बाइडेनले सपथ लिँदा आफू त्यहाँ नहुने बताएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.