|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल ह्वाइटहाउस नछाडे संसदमा उनीविरुद्ध कारबाही प्रारम्भ हुने चेतावनी त्यहाँकी सभामुख न्यान्सी पलोसीले दिएकी छिन्। 

ट्रम्पले स्वेच्छाले कार्यालय छाड्नुपर्ने, अन्यथा ५० वर्षअघि तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको अवस्था भोग्न तयार रहन उनले ट्रम्पलाई चेताएकी हुन्। निक्सनले संसदमै राजीनामा दिनुपरेको थियो। 

ट्रम्पले खतरनाक राष्ट्रद्रोह गरेको पेलोसीले आरोप लगाएकी छिन्। साथै, रिपब्लिकन सांसदहरूले पनि तत्काल ट्रम्पलाई ह्वाइटहाउस छाड्न दबाब दिनुपर्ने बताएकी छिन्।

चुनाव हारेपनि राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गरिरहेका छैनन्। यसैक्रममा बुधबार उनका समर्थकहरूले संसद भवनभित्रै छिरेर मानिसहरूको हत्या गरेका थिए। संसद भवन आक्रमणमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

सभामुख पेलोसीले मानिसहरूको मृत्युमा जिम्मेवार व्यक्तिमाथि कारबाही हुने पनि उल्लेख गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.