|

काठमाडौं : हिजो २३ सयले घटेको  सुनचाँदीको मुल्यमा आज पनि गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ।  आज चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ। 

आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.