|

सन् २०१७ मा इन्डोनेसियाको लेनङ तेडोङ्गे गुफामा भेटिएको भ्रूणलिपी ४५ हजार ५ सय वर्ष पुरानो रहेको पुष्टि भएको छ।

सुंगुरको चित्र कोरिएको सो भ्रूणलिपीलाई पुरातत्वविदहरूले अहिलेसम्म भेटिएको संसारकै पुरानो रहेको बताएका हुन्।

भ्रूणलिपी (इम्ब्रोराइटिङ) विश्वमा लेखनकला विकास चरणका महत्वपूर्ण प्रमाण या दस्तावेज हुन्। हजारौं वर्ष पहिले भीर या गुफाका भित्ताहरूमा कोरिएका चिन्हहरू नै भ्रूणलिपी हुन्।

भ्रूणलिपीपछि चित्रलिपी र साङ्केतिक लिपी हुँदै मानिस बल्ल ध्वन्यात्मक (बोल्न र सो कुरा बुझ्नसक्ने) अवस्थामा आइपुगेको थियो। ध्वनीहरू बुझाउन बनाइएका चिन्हहरूको संग्रह नै वर्णमाला हो। 

इन्डोनेसियामा भेटिएको सुंगुरको चित्र सो भ्रूणलिपी कम्तिमा ४५ हजार ५ सय वर्ष पुरानो रहेको भनिएको छ। अष्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयका अनुसन्धाताहरूले सो भ्रूणलिपीमाथि अनुसन्धान गरेका थिए। 

गुफाको भित्तामा कोरिएको सुंगुरको सो चित्रको लम्बाई १३६ सेन्टिमिटर र चौडाई ५४ सेन्टिमिटर रहेको अलजजिरा उल्लेख गरेको छ।

यसअघि इन्डोनेसियाकै सुलावेशी गुफामा भेटिएको एनोआ जातको भैँसीको चित्रलाई संसारको सबैभन्दा पुरानो भ्रूणलिपी रहेको भनिएको थियो। यो भ्रूणलिपीमाथि पनि ग्रिफ्रिट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नै अनुसन्धान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.