काठमाडाैं : भारतको प्रतिष्ठित पुरस्कार पद्मविभूषण यस वर्षका लागि सोमबार दिने घोषणा गरेको छ। भारतमा गणतन्त्र दिवसको अवसरमा यो विभूषण प्रदान गरिने गरिन्छ।
यस वर्षको पद्मविभूषण जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेलाई सम्मानित गरिने भारत सरकारले जनाएको छ। यस्तै भारतीय स्वर्गीय गायक बाला सुव्रमणड्यमलाई पनि यसबाट सम्मानित गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अन्य ककसले पाउँदैछन् यो सम्मान ?
१ कर्नाटकका डाक्टर बेल्ले मोनप्पा हेगडे जो चिकित्सिक छन्।
२ अमेरिकाका नरिन्द्रसिंह कपानी जो विज्ञान प्रविधि क्षेत्रका अनुसन्धाता हुन्।
३ दिल्लीका मौलाना वहीदुद्दीन खान जो आध्यात्मिक हुन्।
४ दिल्लीका बीबी लाल जो पुरातत्वका क्षेत्रका अनुसन्धानधाता हुन्।
५ ओडिशाका सेंड आर्टिस्ट सुदर्शन साहू जसलाई कलाका लागि यो सम्मान दिइएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।