|

काठमाडौं : स्थानीय बजारमा सुनकाे मूल्यमा झिनो गिरावट देखिएको छ। मंगलबारका तुलनामा बुधबार तोलामा नै ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० मा कारोवार भएको थियो। मंगलबार भने छापावाला सुन तोलामा ९२ हजार ८०० मा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी  सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको थियो। त्यस्तै चाँदी तोलामा पाँचले घटेको छ। तोलामा बुधबार एक हजार २५० मा कारोवार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.