|

कञ्चनपुर : कञ्चनपुरमा यात्रुबहाक बस र भ्यान आपसम ठोक्किँदा ८ यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तगर्त शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिकै दुर्घटना भएको हो। 

ना७ख ५४८ नम्बरको बस र सुपप्र ०२००१ ज३८६ नम्बरको भ्यान आपसमा ठोक्किएका हुन्।  दुवै सवारी साधनमा रहेका यात्रुहरू सामान्य घाइते छन्। स्थानीय झलारीस्थित मेडिकलमा उपचार घाइतेहरूलाई घर फर्काइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.