मुगु : कर्णालीमा दर्जनौं तातोपानी कुण्ड भएपनि प्रचार नहुँदा ओझेलमा परेको छ।
प्रदेशमा पर्यटकीय र धार्मिक सम्भावना बोकेका तातोपानी कुण्डहरू भएपनि अझैसम्म प्रचार हुन नसकेको हो।
जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ जर्मी गाउँ, मुगुको सोरु गाउँपालिकाको वडा नं ८ जिमा, छायाँनाथ रारा नगरपालिकाको १३ भैसीकुन र हुम्लाको खार्पुनाथ गाउँपालिकामा वडा नं ४ मा रहेका खार्पु तातोपानी कुण्ड प्रदेशकै ठूलामध्येका हुन्।
प्रदेशका तीन जिल्ला मुगु, जुम्ला र हुम्लामा तातोपानी आउने धारा र कुवा भएपनि प्रचार भएको छैन।
प्राकृतिक तातोपानीमा स्नान गरे बाथ रोग, सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने, हाडजोर्नीका समस्या, शरीर चिलाउने ,अनुहारको चाया पोतो तथा पेटसम्बन्धी रोग निको हुने र हाडसम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ।
यहाँका तातोपानी मुहानको प्रचारप्रसार हुनसके आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।