|

संखुवासभा : राष्ट्रपति विद्यादेवि भण्डारी एउटा पक्षको पछि लाग्दा संविधान खतरामा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले बताएकी छन्। राष्ट्रपति भण्डारीमा गुटको गन्ध पनि आइरहेको पनि उनले बताइन्।

आइतबार पत्रकारको संक्षिप्त भेटघाटमा कुरा गर्दै झाँक्रीले भनिन्, 'एउटा गुटले संरक्षण गरेर ल्याएको व्यक्तिले देश र जनताको भावना मर्म बुझ्न सकिनन्।' राष्ट्रपति भण्डारी सिंगो देशको भए पनि गुटको पछि लाग्नु दुखद् भएको उनको भनाइ थियो। राष्ट्रपति भण्डारीका कारण हिमाल, तराई पहाड र संविधानका सारा उपलब्धि गुम्ने खतरा पैदा भएको पनि उनले बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी संखुवासभाले शनिबार खाँदबारीमा गरेको विरोध सभामा सहभागी हुन झाँक्री आएकी हुन्। राष्ट्रपति भण्डारीले संवैधानिक राष्ट्रपति भूमिका र नेपाली जनताको अविभावक पूरा गर्ने नसकेको भन्दै उनले राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको बताइन्। 

संवैधानिक निकाय प्रधानमन्त्रीले केपी ओलीको भर्तीकेन्द्र बनाएको पनि झाँक्रीको आरोप थियो। भनिन्, 'राष्ट्रपति भण्डारी शीतल निवास छाडेर आउनुस् तपाईंसँग जनताका छोराछोरी प्रतिस्पर्धा गर्न तयार छन्।' 

लोकतन्त्र र गणतन्त्रका लागि लडेर आएको स्मरण गराउँदै झाँक्रीले तानाशाह केपी ओली केही दिनमै ढल्ने पनि दाबी गरिन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.