|

धनगढी : अछाममा प्रधानाध्यापकले कुटेर एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंसबाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। उक्त घटना चैत ३ गतेको भए पनि मंगलबार बाहिरीएको हो।

गणित विषयको गृहकार्य नगरेको भन्दै खड्काले कुटपिट गरेको पीडितले बताएका छन्। उनले भने,‘गणित विषय निकै गाह्रो लाग्छ, सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो।

मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो। त्यसपछि कान फुट्ने गरी हान्नुभयो। त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट दौडिएर भागें।’ प्रअ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरे। उनले भने,‘विद्यार्थी उच्छृङ्खल थियो। गृहकार्य गरेको थिएन।

दुई झापड हानेको हो।’ उनले अभिभावक र विद्यार्थीको दबाबमा प्रअबाट राजीनामा दिएको तर स्वीकृत नभएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.