|

काठमाडौं : कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नगर्ने निर्णय गरेको छ।

काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई दर्ता नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको हो।

प्रेस काउन्सिल नेपाल बोर्डका सम्पूर्ण सदस्यको उपस्थिति रहेको उक्त बैठकले कोभिड–१९ का कारण सिर्जित विभिन्न समस्या समाधानका लागि काउन्सिलको सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्ने लगायतका निर्णय गरेको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.