|

ओखलढुङ्गा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुङ्गाले कोरोना संक्रमितको घरमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिरहेको छ। 

एक साताअघि सुरु गरिएको अभियानमा कार्यालयले त्रिकटु, गुडकी चुर्ण, यष्टीमधु, सीतापलादि, अमृत चिया आदि रोग प्रतिरोध बढाउने औषधि संक्रमितलाई वितरण गरिएको कार्यालयका निमित्त प्रमुख उद्धव भट्टराईले जानकारी दिए। कार्यालयबाट यी औषधि नियमित वितरण गरिरहेको र संक्रमितलाई घरैमा औषधि प¥ुयाउन चाहिँ भर्खर थालिएको उनको भनाइ छ।

कार्यालयले हाल सिद्धिचरण नगरपालिका ४, ११ र १२ वडा संक्रमितलाई औषधि बाँडिसकेको छ। अन्यसेवा केन्द्रहरुबाट पनि संक्रमितलाई औषधि बाँड्ने तयारी भई रहेको भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.