|

गोरखा : पोखराकी एक १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गर्ने कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भारत बिहार घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो। कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले शर्माले केही समय अघि किशोरीलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी डर, धम्की दिएर जबर्जस्ती करणी गरेको खुलेको जानकारी दिए।

शर्माले करणी गरी गोप्य भिडियो तथा फोटोहरु बालिकाकै नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर अपलोड गरिदिएको भन्दै उनीविरुद्ध परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.