|

गुल्मी : गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर एक बलिथुममा आरसिसी र टिनले छाएका घरहरुले खरका छाना विस्थापन गर्ने जस्तापाताको रजाइँ गरेको रहस्य खुलेको छ।

खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रम भए पनि आरसिसी र पहिल्यै जस्तापाताले छाएका घरवालाहरुले जस्तापातामा रजाइँ गरेका हुन्।

ओमबहादुर कामीको घर पहिल्यै जस्तापाताले छाएको छ तर उनले खरका छाना विस्थापित गर्ने कार्यक्रमको जस्तापाता लिए। यस्तै, बालकुमारी मास्कोटी, यमबहादुर बुढाथोकी, अमरबहादुर मास्कोटीको सुरक्षित आवासअन्तर्गत ५० हजार पाउने नाममा सूचीकृत भई वडामा सम्झौता भएको छ। उनीहरुले पनि जस्तापाता लिएको नाम नबताउने शर्तमा एक स्थानीय नेताले जानकारी दिए।

यस्तै, मनरुपा रजालीको आरसीसी र ढुंगाले छाएको घर छ,उनले पनि जस्ता पाता लिएको खुलेको छ। महेन्द्र कामीको टिनले छाएको र दिलकुमारी (रेश्मी) मगरको ढुंगाले छाएको घर भए पनि उनीहरुले खरका छाना विस्थापनअन्तर्गतको जस्तापाता लिएका छन्।

वडा अध्यक्ष अनभिज्ञ

यता जस्तापाता वितरणको बारेमा आफू अनभिज्ञ भएको वडा अध्यक्ष रामबहादुर पल्लीले बताए। कार्यपालिकाको बैठकमा सामान्य छलफल भएको पनि आधिकारिक केही निर्णय पनि नभएको उनको भनाइ छ।

 आरसिसी घर भएका र पहिल्यै जस्तापाताले छाएको घरलाई पनि गाउँपालिकाले जस्तापाता दिँदा समस्या भएको उनको दाबी छ।

पालिकामा झुटा विवरण पेश गरी जस्तापाता लिनेबाट जस्तापाता फिर्ता गराउने र आवश्यक कारबाही गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

उनीहरूले आफूहरुको खरले छाएको घर भएको भन्दै गाउँपालिकामा जस्तापाता मागका लागि निवेदन दिएका थिए।

यता, गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले वडाबाट नपाएको भन्दै गाउँपालिकामा पटक पटक आएपछि जस्तापाता दिएको बताइन्।  जस्तापाताको दुरुपयोग भएको पाइएमा आवश्यक कारबाही गरेरै छाड्ने उनले दाबी गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.